नेप्से २१ सय नाघ्यो, कारोबार ४ अर्ब माथि

 संवाददाता    २०७९, ९ श्रावण सोमबार १६:००     122 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । सोमबार ५४.४५ अंक बढेसँगै नेप्से २१३२ अंकमा कायम भएको हो । कारोबार रकम उल्लेख्य बढेको छ । आइतबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब १० करोडको भयो ।

सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ २१, विकास बैंक २१३, फाइनान्स १३८, होटल तथा पर्यटन ७५, जलविद्युत् १०७, जीवन बीमा २१०, उत्पादन १७०, माइक्रोफाइनान्स १८५, निर्जीवन बीमा १२५, अन्य १४ र ब्यापार उपसमूह ५० अंक बढे । १७६ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने ३ को स्थिर रह्यो ।