कृषि विकास बैंकले माग्यो कर्मचारी , कुन–कुन पदमा दिन सकिन्छ आवेदन?

 संवाददाता    २०७९, २४ असार शुक्रबार १२:१९     156 जनाले पढ़िसके



Spread the love

कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।बैंकले प्रशासन तर्फ शाखा प्रमुखमा ५, व्यवसाय अधिकृत ४७, कम्प्यूटर अधिकृत १७, सिभिल इन्जिनियर ३, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाको लागि आवेदन खुला गरेको छ । यस्तै, बैंकले कानुन सहायक ६, ऋण सहायक ५, लेखापाल ३४ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकिन्छ । दरखास्त साउन १२ गतेसम्म अनलाइनबाटै दिन सकिनेछ । यता, साउन १९ गतेसम्म भने दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ । हेर्नुहोस सुचना