आगामी निर्वाचनमा एमाले भन्दा ठुलो पार्टी नेकपा एस हुन्छ : शहरी विकास मन्त्री मेटमणी चौधरी

 #नेकपा एकीकृत समाजवादी     २०७९, २४ असार शुक्रबार ११:२१     163 जनाले पढ़िसके



Spread the love

सर्लाही , आगामी संसदीय निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा पनि अगाडि भई तेस्रो हुने नवनियुक्त सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मेटमणि चौधरीले दावी गरे । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल इमान्दार र सादगी नेता रहेको उल्लेख गर्दै नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई संसदीय चुनावमा जनताले लोकप्रिय मत दिने बताए।
आगामी संसदीय निर्वाचन व्यवस्थित ढंगले हुने बताउँदै निर्वाचनपछि मुलुक सुदृढ भएर अघि बढ्ने मन्त्री चौधरीको भनाइ छ । हिजो सर्लाहीको हरिवनमा नेकपा (एकीकृत समाजवादी)को जिल्ला कमिटी सर्लाहीले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आएका मन्त्री चौधरीले हरिवन आउँदा स्थानीय उद्योग वाणिज्य संघ,चेम्बर अफ कमर्स,आदिवासी जनजाति, वडा नं ९ का अध्यक्ष कोकिलानन्द उप्रेती लगायत संग भेटघाट गरि ब्रम्हस्थान मन्दिरको दर्शन गर्दै स्थानिय जनतासंग भेटवार्ता समेत गरेको उनको सचिवालयले बताएको छ।
त्यस्तै,नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट संसदीय व्यवस्था अझैपनि खतरामा रहेको नेकपा (एकीकृत समाजवादी)का नेता एवम सहरी विकास मन्त्री चौधरीले बताए । उनले ओलीले दुई–दुई पटकसम्म संसद भंंग गरेको बताउँदै एमाले अध्यक्ष ओलीबाट जोगिनुपर्ने बताए ।
सर्लाहीको हरिवनमा नेकपा (एकीकृत समाजवादी)को जिल्ला कमिटी सर्लाहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले एमाले अध्यक्ष ओलीमाथि यस्तो टिप्पणी गरेका हुन ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका नेता एवम प्रदेश सभा सदस्यद्वय डिल्ली प्रसाद उप्रेती र बेची लुङ्गेलीसहित अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।