सर्लाही हरिवन नगरपालिका वडा नं ९ का हालै नेपाली कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष कोकिलानन्द उप्रेती तथा एमाले बाट निर्वाचित ४ जना वडा सदस्यहरुको पदभार ग्रहण तथा पहिलो वैठक हिजो बस्यो। साथै हिजोको पहिलो वैठकबाट वडा अध्यक्ष कोकिलानन्द उप्रेतीले आफुले कुनैपनी तलब भत्ता तथा सुविधा नलिने घोषणा गरेका छन। उनले उक्त तलब सुविधाको रकम वडामा रहेका अशक्त अपांग तथा अल्पसंख्यक समुदायलाई आवश्यक सहयोग गर्नु पर्ने क्षेत्रहरुमा खर्च गर्ने निर्णय गरेका छन। उनले अर्को एक निर्णय गर्दै भ्रस्टाचारमा शून्य सहनसिलता अपनाइने र आफ्नो वडा समिती बाट त्यस्ता कुनै पनि भ्रष्टाचार जन्य गतिविधि हुन नदिने र नगर्ने तथा विकास आयोजनाका कार्यहरु पारदर्शी ढंगले संचालन गर्ने निर्णय गरेका छन। कार्यक्रम मा वडा सदस्यहरु बुद्धिनारायण दनुवार, ज्ञानलाल श्रेष्ठ, सांहिली विश्वकर्मा, लिला भन्डारी खड्का , वडा सचिव संगिता फुयाँल लगायत कर्मचारी तथा वडाका अगुवा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो हेर्नुहोस तस्विरमा 




