माध्यामिक तह शिक्षक सेवा आयोगको नतिजा प्रकाशित

 संवाददाता    २०७९, २० बैशाख मंगलवार १४:४६     173 जनाले पढ़िसके



Spread the love

शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपूर्तिको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा प्रकाशन गरेको छ।आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको समान्य विषयको नतिजा सार्वजनिक गरेको हो। सो परीक्षामा १ हजार ५४७ शिक्षक दरबन्दी पदपूर्तिको लागि लिइएको परीक्षाको नतिजा प्रकाशित गरेको हो।सफल भएका उम्मेदवारहरूको विषयगत परीक्षा आगामी असार ९ गते विहान ८ बजेदेखि प्रदेश नं. १ को मोरड, मधेश प्रदेशको धनुषा, वागमती प्रदेशको मकवानपुर गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन हुने सूचनामा उल्लेख छ।परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले वेशाख २६ गतेसम्म कार्यालय समयभित्र ५०० रुपैयाँ राजस्व दस्तुर तिरेको सक्कल रसिद, न्यूनतम शैक्षिक योग्यता र तालिम तथा अध्यापन अनुमतिपत्रको प्रमाणपत्र एवम् प्रवेशपत्रको प्रतिलिपी सहित आयोगको वेबसाइटमा भएको पुनर्योग निवेदनको ढाँचा प्रिन्ट गरी सोही अनुसार भरेर शिक्षक सेवा आयोग सानोठिमी वा प्रदेश राजधानी रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ।