विमानको शौचालयमा फेला परेको झन्डै साढे २ किलो सुनसहित पाँच पक्राउ

 संवाददाता    २०७९, १६ बैशाख शुक्रबार १३:५२     428 जनाले पढ़िसके



Spread the love

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ३२ ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन्।

दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान भित्र सरसफाइ गर्ने क्रममा विमानको शौचालय भित्र फोहरसँगै रहेको सुनका विस्कुटहरू लिएर बाहिर निस्कने क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पाँचथर याङवरक गाउँपालिका-४ का २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका-५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका-२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका-२ का ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरूंगा नगरपालिका-४ का ३६ वर्क्षीय ताराकान्त चौधरी रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए।

बाहिर ल्याई फोहोर जम्मा गर्ने स्थानमा आई निजसँगै काम गर्ने सहकर्मी साथी सुमनलाई सुनको बिस्कुटहरु बाँडी लग्ने क्रममा पक्राउ गरेको हो।