भन्सार एजेन्टको परीक्षा वैशाखमा

 संवाददाता    २०७८, २० चैत्र आईतवार १७:००     179 जनाले पढ़िसके



Spread the love

पटक–पटक रोकिँदै आएको भन्सार एजेन्टको परिक्षा आगामी वर्षको वैशाखमा हुने भएको छ । यसअघि दुई पटकसम्म रोकिएको भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने भन्सार विभागले जानकारी दिएको हो ।अघिल्लो वर्ष २०७७ सालमा आह्वान भएको एजेन्टको परीक्षा अहिलेसम्म सम्पन्न हुन सकेको छैन । भन्सार विभागले २०७८ जेठ २९ गते र फागुन २२ गतेलाई परीक्षा तोकेको थियो । तर, दुईवटै मितिमा कोरोना महामारीका कारण सञ्चालन हुन सकेको थिएन ।यसैगरी, उच्च अदालत पाटनले फागुन २६ गते अल्पकालीन अन्तरिम आदेश दिँदै रोक्न भनेको थियो । यससँगै अनिश्चितकालिन रूपमा परिक्षा स्थगित बनेको थियो । यद्यपि, चैत १३ गते उच्च अदालत पाटनले नै अघिल्लो फैसलाअनुसार गर्नुपर्ने व्याख्या गरेपछि परीक्षा सञ्चालनको बाटो खुलेको थियो ।