अवैध कल सेन्टर संचालक एक चिनियाँसहित ८० जना भक्तपुरबाट पक्राउ

 #अपराध     २०७८, १० फाल्गुन मंगलवार १७:२६     147 जनाले पढ़िसके



Spread the love

भक्तपुर- प्रहरीले अवैध कल सेन्टर संचालन गर्ने एक चिनियाँसहित ८० जानलाई पक्राउ गरेका छ । चिनियाँ नागरिक वाग्जिनाउसहित नेपाली युवायुवती पक्राउ परेका हुन् । वाग्जिनाउ केही समयदेखि सन सिटी अपार्टमेन्टमा बस्दै आइरहेका थिए ।

प्रहरीका अनुसार भारतीय मुलका युवायुवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत सानो सानो मात्रामा ऋण लगानी गरी उक्त ऋणको निश्‍चित ब्याजसहित तोकिएको समय भित्र उठाउन ऋणीहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने गरेका थिए ।

ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य सञ्चालन गर्न नेपाली युवा युवतीहरु प्रयोग गर्ने गरेकाे पाइएकाे महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

कल सेन्टर सञ्चालन भइरहेकाे भन्ने गोप्य सूचनाको आधारमा सानोठिमीस्थित उक्त कार्य हुने घरमा छापा मार्दा ३ तले घर भाडामा लिई उक्त कार्य सञ्चालन गरिरहेकाहरुलाई पक्राउ गरिएकाे परिसरका डीएसपी राजु पाण्डेले जानकारी दिए ।

उनका अनुसार कल सेन्टर सञ्चालन गर्न प्रयोग भएका उपकरणहरुसमेत बरामद गरिएकाे छ । उनले डेस्कटप कम्प्युटर १४ थान, ल्याप्टप ४८ थान र आइप्याड २ थान बरामद गरिएकाे बताए ।