टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा पुग्यो नेपाली टाेली प्रधानमन्त्रीकाे बधाई

 #नेपाली क्रीकेट     २०७८, ९ फाल्गुन सोमबार १९:३८     120 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – क्यानडालाई हराउँदै आईसीसी टी–२० विश्व कप ग्लाेबल छनाेटकाे सेमिफाइनलमा पुगेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन । उनले सामाजिक सञ्जालबाट नेपाली क्रिकेट टाेलीलाई बधाई दिएका हुन ।

प्रधानमन्त्री देउवाले लेखेका छन, ‘क्यानडासँगकाे खेलमा जित निकाल्दै ‘टी–२० विश्व कप ग्लोबल छनोट’ को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।’ यस्तै उनले भाेलि मङ्गलवार हुने सेमिफाइनल खेलमा पनि विजयी हुँदै नेपाललाई विश्व कपमा छनोट गराउन पनि टिमलाई शुभेच्छासहित शुभकामना दिएका छन । आज साेमवार ओमानकाे अल अमिरात मैदानमा भएकाे खेलमा नेपालले क्यानडालाई आठ विकेटले हराउँदै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे ।