काँग्रेसी मेडिकल कलेज संचालक सुनिल शर्मा माथि सिंहदरबारमै कालोमोसो दले समाजवादीका विद्यार्थी नेताले

 संवाददाता    २०७८, ३० पुष शुक्रबार १९:२५     140 जनाले पढ़िसके



Spread the love

काठमाडौं । बिराटनगरको नोबेल मेडिकल कलेज तथा सिनामंगलको केएमसी मेडिकल कलेजका मालिक सुनिल शर्मामाथि सिंहदरबारमै कालोमोसो दलिएको छ ।

नेकपा(एकिकृत समाजवादी) निकट अनेरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ नेतृत्वको टोलीले शर्मालाई कालोमोसो दलेको हो । शिक्षा मन्त्रालयमा सर्वपक्षिय बैठक सकेर निस्कने क्रममा शर्मामाथि मन्त्रालयको मुल गेटमै कालोमोसो दलिएको हो ।अनेरास्ववियूका उप महासचिव श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन लगायतले मन्त्रालयको गेटमै शर्मामाथि कालोमोसो दलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । नोबेल र केएमसीसहित आधा दर्जन भन्दा बढी मेडिकल कजेजहरुमा शर्माको लगानी रहेको छ । उनले सञ्चालन गरेका सबै जसो मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग अतिरिक्त शुल्क लिँदै आएको छ ।