अनेरास्ववियु सर्लाहीको १९ औं जिल्ला सम्मेलनले चयन गर्यो नयाँ पदाधिकारी

 संवाददाता    २०७८, २९ पुष बिहीबार ०८:५२     270 जनाले पढ़िसके



Spread the love

नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियु सर्लाहीको १९ औँ जिल्ला सम्मेलन हिजो लालबन्दीस्थित मदनआश्रीत भवनमा सम्पन्न भएको छ। अनेरास्ववियुका जिल्ला संयोजक समिम खानको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बराल को प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलनले ३१ सदस्यीय नयां पदधिकारी कमिटि चयन गरेको जानकारी प्रचार प्रसार समितिका संयोजक तथा जिल्ला सम्मेलन बाट सहसचिव भएका रोशन दाहालले जानकारी दिए। उनका अनुसार अध्यक्षमा प्रज्वल ढुंगाना
उपाध्यक्षमा सुभास मिश्र
सचिव क.आशिषबाबु दाहाल
सह-सचीव क.रोशन दाहाल
सह-सचीव क.सरोज चौधरी
सह-सचीव क.दिलिप बुढाथोकी
कोषाध्यक्ष क.कविता दास लगायत ३१ सदस्यीय कमिटी गठन गरियो।