चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा शिक्षक, विद्यार्थी लक्षित २ दिने जुकाको औषधि बितरण कार्यक्रम सुरु।

 संवाददाता    २०७८, ७ पुष बुधबार ०९:५२     171 जनाले पढ़िसके



Spread the love

स्वतन्त्र विद्यार्थी युनियन चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरिको आयोजना तथा स्वास्थ्य चौकी सासापुरको विशेष सहयोगमा आज र भोलि दुई दिने जुकाको औसधि बितरण कार्यक्रमको आयोजना गरिएको छ। क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा प्राध्यापक लाई लक्षित गरि सो कार्यक्रम आयोजना गरिएको हो। सो अवसरमा क्याम्पस प्रमुख गङ्गा भुजेलले औषधि खाएर कार्यक्रमको उद्घाटन गर्नुभयो भने स्वयंसेवकका रुपमा माधब कुश्वाह ,हिमाल घिमिरे,विशाल दाहाल ,क्षेत्र ब्लोन ,रोहण भट्टराई लगायत विद्यार्थीहरुले सहयोग गरिरहेको स्वतन्त्र विद्यार्थी युनियनका सदस्य रोशन दाहालले जानकारी दिए।