कतार प्रहरीको अवसर गुम्न दिन्नँ ः श्रममन्त्री श्रेष्ठ

 संवाददाता    २०७८, १० मंसिर शुक्रबार २१:२२     162 जनाले पढ़िसके



Spread the love

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल(कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरुसँग छलफल गरेका छन्।

शुक्रबार काठमाडौंमा भएको छलफलमा मन्त्रालयका अधिकारीहरुका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरुको सहभागिता थियो।

कार्यक्रममा वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको हितबारे छलफल भयो। मन्त्री श्रेष्ठले विदेशमा श्रम गरेर फर्किसकेपछि त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनर्एकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताए।

वैदेशिक रोजगार व्यवसायीहरु बीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार सम्बन्धी कानुनको कडाइका साथ कार्यन्वयन गरिने बताए।