भरतपुर महानगरपालिकामा ३६ घण्टापछि बिजुली आपूर्ति : कुलमान आफैँ फिल्डमा

 संवाददाता    २०७८, १८ कार्तिक बिहीबार ०८:२१     159 जनाले पढ़िसके



Spread the love

चितवनको भरतपुर महानगरपालिकामा ३६ घण्टापछि बिजुली आपूर्ति सुरु भएको छ ।

अस्ति दिउँसोदेखि आपूर्ति बन्द भएपछि हिजो दिनभर र राति अबेरसम्म मर्मत गरी १ बजेदेखि बिजुलीको आपूर्ति सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सबस्टेसनको निरीक्षण गर्न चितवन पुग्नुभएको थियो ।

हिजो चितवन पुगेका घिसिङले मर्मतमा खटिएका कर्मचारीलाई हौसलासहित समस्या समाधानका लागि पहल गर्नुभएको प्राधिकरणले जनाएको छ । बर्सेनि ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएपछि अस्ति दिउँसोदेखि बिजुली बन्द भएको थियो ।

सबस्टेसनमा समस्या आएपछि भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति रोकिएको थियो।