राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने, स्वास्थ्य सतर्कता मपनाएर चाडबाड मनाउन सरकारको अपिल

 संवाददाता    २०७८, १७ कार्तिक बुधबार ०९:३६     137 जनाले पढ़िसके



Spread the love

काठमाडौं उपत्यकाकामा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले छुट्टाछुट्टै विज्ञप्ति निकालेर तिहारमा शान्ति सुरक्षा कायम गर्न राति देउसीभैलो र नाचगान कार्यक्रम नगर्न र नगराउन निर्देशन दिएको हो।कोरोना भाइरसको संक्रमण घट्दै गए पनि अझ जोखिम रहेकोले मन्दिर र गुम्बामा पूजाआजा गर्न जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न अनुरोध गरेको छ।

सूचना अनुसार तिहारमा देउसीभैलो, नाचगान लगायतका कार्य राति ९ बजेसम्म मात्र सभ्य एवम् शान्तिपूर्वक गर्न र त्यस्ता कार्य गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गरी कुनै गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ। पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवम् विष्पोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न भनिएको छ।

सूचना अनुसार मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झैं झगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै कार्य नगर्न निर्देशन दिइएको छ।शान्तिपूर्ण चाडपर्व मनाउने जिम्मेवारी हामी सबैको भएकाले सभ्य, सुरक्षित, मर्यादित एवं सतर्कता अपनाएर शान्तिपूर्वक चाडपर्व मनाउन प्रशासनले अपिल गरेको छ।