गौशालाका पूर्वमेयर महतो रास्वपामा प्रवेश, रविले गराए पार्टीमा स्वागत

 संवाददाता    २०८३, १४ आश्विन बुधबार १३:५५     13 जनाले पढ़िसके



Spread the love

महोत्तरी गौशाला नगरपालिकाका पूर्व नगरप्रमुख शिवनाथ महतो नेकपा छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

पार्टी सभापति रवि लामिछानेले महतोलाई पार्टीमा स्वागत गरेका हुन् । महतो ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए ।

पूर्वमेयर महतोसँगै अर्का स्थानीय नेता रामबाबु चौधरी पनि रास्वपामा भित्रिए ।