मनाङको हिमपहिरोमा ४ जनाको मृत्यु, १२ जना अझै बेपत्ता

 संवाददाता    २०८३, १२ आश्विन सोमबार १२:४३     15 जनाले पढ़िसके



Spread the love

मनाङमा आइतबार गएको हिम पहिरोमा परेर हराइरहेकामध्ये थप दुई जनाको शव फेला परेको छ।

नार्फाभूमि गाउँपालिका-५ हिमलुङ क्षेत्रमा खोजतलासको क्रमममा आज थप दुई जनाको शव फेला परेको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ।

आइतबार बिहान हिमलुङ बेसक्याम्पमा हिम पहिरो जाँदा १४ जना बेपत्ता भएका थिए। जसमध्ये २ जनाको शव आज भेटिएको हो। दुई जनाको शव हिजै सदरमुकाम ल्याइएको थियो।

आज गएको उद्धार टोलीले हिमपहिरो क्षेत्रमा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो। छेवी भोटे र पासाङ भोटेको शव हिजै भेटिएको थियो। उनीहरूको शव आज पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएको छ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले दुईवटा टुरिस्ट कम्पनीबाट त्यहाँ वेसक्याम्प निर्माणका लागि गएका २७ जना कामदार हिमपहिरोमा परेको जानकारी दिए।

त्यसमध्ये ११ जना हिजै सकुशल सदरमुकाम फर्किएका छन्। बाँकी १२ जनाको अवस्था भने अझै अज्ञात रहेको उनले बताए।