रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १८८ पुगेको छ।
प्रहरीका अनुसार नवलपरासी पूर्वस्थित नदी किनारमा थप २३ जनाको शव फेला परेको हो।
नवलपरासी पूर्वमा मात्रै ४९ जनाको शव फेला परेको छ।
यस्तै पश्चिम नवलपरासीमा ५, चितवनमा ६४, तनहुँमा ९, गोरखामा २०, रसुवामा २, नुवाकोटमा १२ र धादिङमा २५ जनाको शव फेला परेको छ।
बाढीमा परी ७३ जना घाइते भएका छन्। रसुवामा ४३ जना, नुवाकोटमा २७ जना र धादिङमा ३ जना घाइते भएको प्रहरीले जनाएको छ।
यस्तै २६ जना बेपत्ता छन्। बेपत्ता मध्ये ८१ जना सुरक्षाकर्मी हुन्। नेपाली सेना ४४, नेपाल प्रहरी २ र १३ जना सशस्त्र प्रहरी बेपत्ता भएका हुन्।
रसुवामा १६१ जना बेपत्ता भएको जानकारी प्राप्त भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकारणको तथ्यांक अनुसार ५७९ जना पर्यटक बेपत्ता छन्। बेपत्ताको विवरण विभिन्न जिल्लाबाट प्राप्त भइरहेको छ।