भोटेकोसी बाढी आएपछि रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली १ मा फसेका कामदार र कोरियन नागरिकको उद्धार सुरु गरिएको छ।
२१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा २०० जना कामदार र १० कोरियन नागरिक विद्युत् गृहनजिक उद्धारको पर्खाइमा थिए। अहिले उनीहरूको उद्धार सुरु गरिएको छ।
बाढीका कारण अझै पनि माथिल्लो त्रिशूली १ बाट आठ कोरियन नागरिक र १० जना कर्मचारी सम्पर्कविहीन छन्।
कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत यो परियोजना निर्माण भइरहेको छ।