सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टले दाबी पेस गरेका छन्।
नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सीमाभित्र भट्टले दाबी पेस गरेका हुन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।
नेकपासँग निलम्बित सांसदबाहेक २० जना र नेकपा एमालेसँग ११ जना सांसद छन्। एमालेको समर्थनसहित भट्टको पक्षमा ३१ सांसदको समर्थन रहेको छ।
बहुमत पुगेसँगै भट्ट मुख्यमन्त्री बन्ने निश्चित भएको छ। उनको नियुक्ति तथा शपथ आजै हुने तयारी गरिएको छ।