रसुवाको आमाछोदिङमो गाउँपालिका- ४ मानसिङमा विस्फोटक पदार्थ विस्फोट भएको छ ।
नेपाली सेनाकाे श्रीनाथ गणमा म्याद सकेको विष्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा विस्फोट भएर ५ जना घाइते भएका छन् ।
घाइतेहरुको उद्धारको लागि हेलिकप्टर गएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशाेक थापाले बताए ।
प्रहरीकाे टाेली घटनास्थलतर्फ जाँदै गरेकाे उनले बताए । घटनाकाे विस्तुत विवरण आउन बाँकी छ । गणपतिले व्यस्त रहेकाे जनाउँदै विस्तुत पछि बताउने बताए ।