तीन दिनमा सात हजार रुपैयाँ घटेको सुनको भाउ आज थप घटेको छ।
सुनको भाउ बिहीबार तोलामा १ हजार १ सय रुपैयाँ घटेर २ लाख ८८ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ बुधबार पनि तोलामा २ हजार ७ सय रुपैयाँ घटेर २ लाख ८९ हजार ५ सयमा झरेको थियो
गएको सोमबार तोलामा २ हजार १ सय रुपैयाँ घटेको सुनको भाउ मंगलबार पनि तोलामा २ हजार २ सय रुपैयाँ घटेको थियो।
गएको चार दिनमा सुनको भाउ ८ हजार १ सय रुपैयाँ घटिसकेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २ सय २० रुपैयाँ घटेर ४ हजार ३५ रुपैयाँमा झरेको छ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।