दुई दिन उकालो लागेको सुनको मूल्य आज कति पुग्यो?

 संवाददाता    २०८३, १२ श्रावण मंगलवार १२:५६     41 जनाले पढ़िसके



Spread the love

दुई दिनमा तोलामा तीन हजार रुपैयाँ बढेको सुनको भाउ आज स्थिर छ। चाँदीको भाउ पनि आज बढेको छैन।

सुनको भाउ आज तोलाको २ लाख ८८ हजार ५ सयमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य सोमबार १४ सय र आइतबार १६ सय बढेको थियो। सुनको भाउ हिजो तोलाको २ लाख ८८ हजार ५ सय पुगेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ। चाँदीको भाउ आज ४ हजार ४ सय ४५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।