सुन–चाँदी दुवैको मूल्यमा वृद्धि

 संवाददाता    २०८३, ५ श्रावण मंगलवार ११:४३     49 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै भाउ बढेको छ।

सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेर २ लाख ८५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो।

यसअघि गएको आइतबार सुनको भाउ तोलामा १ हजार ९ सय बढेको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ५० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ३ सय ७० रुपैयाँ पुगेको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।