एमाले सांसदहरूको क्षमता अभिवृद्धिका लागि च्यासलमा प्रशिक्षण

 संवाददाता    २०८३, ३ श्रावण आईतवार १२:४७     17 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले पार्टीका सांसदहरूसँग अन्तरक्रिया गरेको छ ।

पार्टी संसदीय विभागको आयोजनामा संसदमा प्रभावकारी भूमिका निर्वाहका प्रशिक्षण आयोजना गरेको विभागकी प्रमुख एवं सचिव पद्मा अर्यालले बताइन् ।

जारी प्रशिक्षणमा अध्यक्ष केपी ओलीले पनि ब्रिफिङ गर्ने छन् । संसद सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी गराउने छन् ।

संसदीय समितिका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयमा पनि राईले जानकारी दिने छन् । महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिने कार्यसूची छ ।

हरेक सांसदले पार्टी नीति अनुरूप संसदमा भूमिका निर्वाह गर्नुपर्ने भएकोले सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग पनि समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि पोखरेलले स्पष्ट पार्नेछन् ।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले कार्यक्रममा सम्पूर्ण विभाग प्रमुख र पूर्व सदस्य पनि सहभागी छन् । सम्बन्धित विभागले विषय विज्ञता भएका व्यक्तिको नाम सिफारिस गरेर सांसदहरूलाई संसदीय विषयबस्तुमा आवश्यक पर्दा परामर्श दिने रोस्टर बनाउने छ ।

कार्यक्रममा दुवै सदनका सांसद सहभागी हुनेछन् ।