सुनको भाउ फेरि उकालो लाग्यो, चाँदी पनि महँगियो

 संवाददाता    २०८३, ३ श्रावण आईतवार ११:३५     19 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्य वृद्धि भएको छ।

सुनको भाउ आज तोलामा १ हजार ९ सय र चाँदीको भाउ ४० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको भाउ तोलाको २ लाख लाख ८४ हजार रुपैयाँ पुगेको छ।

शुक्रबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेर २ लाख ८२ हजार १ सयमा झरेको थियो।

त्यसैगरी चाँदीको भाउ आज ४ हजार २४० रुपैयाँ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।