दुई दिनको ओरालोपछि सुनको भाउ फेरि उकालो

 संवाददाता    २०८३, ३१ असार बुधबार ११:३१     18 जनाले पढ़िसके



Spread the love

गएका दुई दिनमा तीन हजार नौसय घटेको सुनको भाउ आज बढेको छ। सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महाहसंघले जनाएको छ।

यसअघि मंगलबार सुनको भाउ तोलामा १ हजार २ सय घटेको थियो भने सोमबार तोलामा २ हजार ८ सय घटेको थियो।

हिजो सुनको भाउ २ लाख ८४ हजार रुपैयाँ थियो।

गएको आइतबार भने सुनको भाउ तोलामा ६ सय बढेको थियो।

त्यसैगरी चाँदीको भाउ भने आज तोलामा ५५ रुपैयाँ बढेर ४ हजार ४ सय १५ रुपैयाँ पुगेको छ।

हिजो मूल्य घटेर सुनको भाउ ४ हजार ३ सय ६० रुपैयाँमा झरेको थियो।