सुनको भाउ आज पनि बढ्यो

 संवाददाता    २०८३, २८ असार आईतवार ११:४२     16 जनाले पढ़िसके



Spread the love

दिनहुँ उतारचढाव हुँदै आएको सुनको मूल्य आज बढेको छ।

सुनको भाउ आज तोलामा ६ सय बढेर २ लाख ८८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ४ सय कायम भएको थियो।

५ दिनसम्म लगातार घटेको सुनको भाउ गएको शुक्रबारदेखि फेरि बढ्न थालेको हो।

बिहीबार सुनको भाउ तोलमा २ हजार ४ सय घटेर २ लाख ८४ हजार ७ सयमा झरेको थियो। त्यसअघि गएको बुधबार सुनको भाउ तोलामा ९ सय, मंगलबार १४ सय, सोमबार ९ सय र आइतबार ४ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेर आज ४ हजार ४ सय ७५ रुपैयाँमा झरेको छ।

शुक्रबार तोलामा १७० रुपैयाँ बढेर चाँदीको भाउ तोलाको ४ हजार ५ सय १० पुगेको थियो।