पुरानो सिनामंगल (पेप्सीकोला) चोकमा गए राति भीषण आगलागी भएको छ ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सूर्यमुखी चोकस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्नको गोदाममा बिजुली सर्ट भएर आगलागी भएको हो ।
आगलागीका कारण करिब १ करोड ७२ लाख ८१ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । तर, मानवीय क्षति नभएको भट्टराईले बताए ।