हिजोको गिरावटपछि आज पनि घट्यो सुनचाँदीको भाउ

 संवाददाता    २०८३, ४ असार बिहीबार ११:१४     36 जनाले पढ़िसके



Spread the love

हिजो घटेको सुनचाँदीकै भाउ आज पनि घटेको छ।

सुनको भाउ आज तोलामा १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो तोलामा १२ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको २ लाख ९७ हजार ३ सय कायम भएको थियो।

यसअघिका ३ दिनमा ६५ सय बढेको सुनको भाउ हिजो र आज घटेको हो।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।

चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ।