सर्वदलीय बैठकमा को–को पुगे? श्रम संस्कृति पार्टी भने देखिएन

 संवाददाता    २०८३, २५ जेष्ठ सोमबार १०:४९     13 जनाले पढ़िसके



Spread the love

सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा रास्वपाका सभापति लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकाेटी, सहामहामन्त्री विपी आचार्य, सांसद दीपक बाेहाेरा, कानुनमन्त्री साेबिता गाैतम सहभागी छन्।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सांसद साहजना खातुन सहभागी छन् भने नेकपा एमालेबाट संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर सामेल छन्।

यसैगरी नेकपाका सहसंयाेजक माधव नेपाल, सांसद वर्षमान पुन, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक खुस्बु ओली, जसपा नेपालका राष्ट्रियसभा सदस्य महमाेद खालिल सहभागी छन्।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट भने अहिलेसम्म बैठकमा सहभागिता छैन।