कुलमान घिसिङको टिप्पणी– रास्वपा अब जनताको अपेक्षा पूरा गर्न असमर्थ, हाम्रो पार्टी विकल्प

 संवाददाता    २०८३, २२ जेष्ठ शुक्रबार १४:५४     10 जनाले पढ़िसके



Spread the love

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा पूरा नहुने दाबी गरेका छन्।

पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सरकार सफल होस् भन्ने कामना भएपछि कामकारबाही सन्तोषजनक नभएको बताए।

उनले भने, ‘जनताले परिवर्तन खोजिरहेको छन्, परिवर्तनको लागि दुई तिहाइ मत दिएका छन्। यो सरकार सफल होस् भन्ने सुझाव छ। तर, सरकारले राम्रोसँग काम गर्न सकेन भनेर जनतालाई निराश हुन दिँदैनौँ। त्यसको प्रतिवाद गर्छौँ , हामी जनताको सबै समस्या सम्बोधन गर्ने गरी अघि बढ्छ।’

उनले नयाँको विकल्प पुरानो पार्टी हुन नसक्ने जिकिर गर्दै रास्वपाको विकल्प उज्यालो नेपाल पार्टी भएको जिकिर गरे। उनले स्थानीय र प्रदेशको चुनावमा पार्टीले कार्ययोजनासहित जाने बताए।

उनले भने, ‘हिजो चुनावमा हामी, सङ्घीय संसद्को चुनावमा, सङ्घीय संसद्को चुनावमा हाम्रो छोटो समयको तयारी र विभिन्न षड्यन्त्रमा हामी बीचमा फस्न पनि गयौँ। विभिन्न कारणले हामीले उज्यालो नेपाल पार्टीलाई जिताउन सकेनौँ। हाम्रा साथीहरू जित्न सकेनन्। तर उज्यालो नेपाल पार्टी हारेर पनि जितेको पार्टी हो। हरेक हरेक नागरिकको मनमा उज्यालो नेपाल पार्टी भित्र मनदेखि नै विश्वासको पात्र बनेको छ।’

उनले सरकारले राम्रो काम गरेर समर्थन रहने बताउँदै एउटा हारलाई हार नमानेको बताए।

उनले थपे, ‘हामी एकचोटि हार्‍यौँ, हारबाट अब जित सुनिश्चित गर्दै छौँ हामी। अब अँध्यारोबाट उज्यालो तर्फ लाग्दै छौँ। रात परेपछि दिन आउँछ, बिहानपछि दिन आउँछ। उज्यालो नेपाल पार्टी निरन्तर अगाडि बढ्छ। तपाईँहरूले उज्यालो नेपाल पार्टी अहिले कतै हरायो कि? भन्ने विभिन्न पत्रकार साथीहरूले मलाई सोध्ने पनि गर्ने गरेका छन्। तर उज्यालो नेपाल पार्टी हराएको छैन।’