इरान संकटका कारण प्रभावित यात्रुलाई नेपाल एयरलाइन्सको सहुलियत

 संवाददाता    २०८३, २२ जेष्ठ शुक्रबार ११:४७     11 जनाले पढ़िसके



Spread the love

नेपाल एयरलाइन्सले गत फेब्रुअरी २८ मा सुरु इरान युद्धका कारण यूएई, कतार र साउदी अरेबियामा निश्चित अवधिका लागि लगाइएको क्षेत्रीय हवाई प्रतिबन्धलाई ध्यान दिँदै प्रभावित भएका र उडान रद्द गरिएका यात्रुलाई सुविधा प्रदान गर्ने भएको छ।

नेपाल एयरलाइन्सले जारी गरेको सूचनाअनुसार त्यस्ता यात्रुलाई एकपटकको मिति परिवर्तन र नो-सो/रिफन्ड शुल्कमा छुट गरिने भएको हो।

यो छुट जुन १५ सम्म लागु हुने एयरलाइन्सले जनाएको छ।

यस विषयमा थप बुझ्न नेपाल एयरलाइन्सको प्रधान कार्यालय वा अन्य टिकट बुकिङ कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

सूचना