श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको कटारीबाट आफैँले मोटरसाइकल चलाएर बेलका जाँदै गर्दा उनी हिजो दुर्घटनामा परेका हुन् ।
साम्पाङले एउटा हातले मोटरसाइकल चलाएर अर्को हातले भिडिओ खिचिरहेका थिए । त्यही असन्तुलित भएर मोटरसाइकल लडेको श्रम संस्कृति पार्टीका एक नेताले बताए ।
लडेर उठेपछि पनि साम्पाङले भिडिओ खिचेर आफ्नो हातमा लागेको चोट देखाएका थिए । उनको एउटा हातको छाला नराम्ररी ताछेको देखिएको छ । साथै सुरुवाल पनि उध्रेको छ
साम्पाङले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्– म आफैँ लडेँ चोट मलाई नै लाग्यो ! अलि अलि चोट लाग्नु नि पर्छ तर देशलाई चोट दिएको छैन मैले ! धेरै नकराउनु !
श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले दुर्घटनाबारे जानकारी गराउँदै अध्यक्ष साम्पाङलाई सामान्य चेटपटक मात्र लागेको र स्वास्थ्य अवस्था सुधारोन्मूख रहेको बताएका छन् ।
उनले लेखेका छन्- हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदा झैँ सकृय हुनुहुन्छ।