एक महिनामा पाथीभरा मन्दिरमा १ करोड ६ लाख भेटी संकलन

 संवाददाता    २०८३, १ जेष्ठ शुक्रबार १२:१७     47 जनाले पढ़िसके



Spread the love

ताप्लेजुङस्थित पाथीभरा देवीस्थानमा एक महिनामा १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको छ।

वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन्।

गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो।