सुनचाँदीको भाउमा पुनः वृद्धि

 संवाददाता    २०८३, ३१ बैशाख बिहीबार ११:४४     45 जनाले पढ़िसके



Spread the love

हिजो घटेको सुनको भाउ आज थोरै बढेको छ। चाँदी पनि थप महँगिएको छ।

हिजो तोलामा सातसय रुपैयाँ घेटेको सुनको भाउ आज तोलामा तीनसय रुपैयाँ बढेर ३ लाख २ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको मंगलबार तोलामै ४४ सय बढेको सुनको मूल्य हिजो तोलामा सातसय रुपैया घटेर ३ लाख २ हजार २ सयमा झरेको थियो।

उता विगत केही दिनदेखि लगातार बढ्दै आएको चाँदीको भाउ आज पनि बढेको छ।

तोलामा ३५ रुपैयाँ बढेर चाँदीको भाउ आज ५ हजार ७४५ रुपैयाँ पुगेको छ।