सुनचाँदीको भाउमा पुनः वृद्धि

 संवाददाता    २०८३, ३१ बैशाख बिहीबार ११:४४     110 जनाले पढ़िसके



Spread the love

हिजो घटेको सुनको भाउ आज थोरै बढेको छ। चाँदी पनि थप महँगिएको छ।

हिजो तोलामा सातसय रुपैयाँ घेटेको सुनको भाउ आज तोलामा तीनसय रुपैयाँ बढेर ३ लाख २ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको मंगलबार तोलामै ४४ सय बढेको सुनको मूल्य हिजो तोलामा सातसय रुपैया घटेर ३ लाख २ हजार २ सयमा झरेको थियो।

उता विगत केही दिनदेखि लगातार बढ्दै आएको चाँदीको भाउ आज पनि बढेको छ।

तोलामा ३५ रुपैयाँ बढेर चाँदीको भाउ आज ५ हजार ७४५ रुपैयाँ पुगेको छ।