सुनको मूल्यमा गिरावट, चाँदीको भाउ उकालो

 संवाददाता    २०८३, २७ बैशाख आईतवार १२:२५     107 जनाले पढ़िसके



Spread the love

गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ।

सुन तोलामा रु १ हजार रुपैयाँ घटेको छ भने चाँदीको मोल २५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार प्रतितोला छापावाल सुन २ लाख ९९ हजार ९०० र चाँदी ५ हजार २७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज अन्तरराष्ट्रिय बजारमा भने एक औँस सुन ४ हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।