नयाँ पुस्तालाई आकर्षित गर्ने एमालेको कार्यक्रम घोषणा

 संवाददाता    २०८३, १३ बैशाख आईतवार १५:५१     14 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण बढाउने योजना अघि सारेको छ।

वैशाख १० गते बसेको पार्टी प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय/परामर्श वैठकले पार्टी सदस्यता विस्तारमा नयाँ पुस्ताको सहभागिता गराउन युवाकेन्द्रित कार्यक्रम ल्याउने निर्णय गरेको हो।

‘आईटी र डिजिटल माध्यम समेतको प्रयोग गरी सबभन्दा पहिले आफ्नै पार्टी नेता र कार्यकर्ताहरूका छोराछोरीहरूलाई केन्द्रित गरी आवश्यक योजना बनाउने र नयाँ पुस्ताको संगठन अनेरास्ववियुमार्फत संस्थागत गर्दै लाने,’ पोखरेलले हस्ताक्षर गरेर पठाएको निर्देशनमा भनिएको छ, ‘अबको पार्टी कामको योजना ३० वर्ष मुनिका युवाहरूलाई ध्यानमा राखेर गर्न निर्देशन गर्ने।’

बैठकले गरेका ८ बुँदे निर्णय कार्यान्वयनको लागि तल्ला तहमा पठाइएको महासचिव पोखरेलले बताएका छन्।