दिल्ली विमानस्थलबाट उड्नै लाग्दा स्विस एयरलाइन्सको जहाजमा आगलागी

 संवाददाता    २०८३, १३ बैशाख आईतवार १३:०९     0 View



Spread the love

दिल्ली विमानस्थलबाट उड्ने भर्ने स्विस एयरलाइन्सको जहाजमा आगो लागेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्विस एयरलाइन्सको एलएक्स१४७ विमान शनिबार राति १:०८ बजे उड्नै लाग्दा त्यसको एउटा इन्जिनमा आगो लागेको हो। त्यसपछि पाइलटले विमान तुरुन्तै रोकेका थिए।

अधिकारीहरूका अनुसार धावनमार्गमा आपत्‌कालीन स्लाइड प्रयोग गरेर सबै यात्रुलाई बाहिर निकालिएको थियो। यस क्रममा ६ यात्रु घाइते भएका छन्।

विमान स्विट्जरल्यान्डको जुरिच जानुपर्ने थियो। स्विस एयरको उक्त विमानमा जम्मा २३२ यात्रु र १३ जना चालक दलका सदस्य थिए।