नेकपा एमालेले चुनावमा असहयोग गर्ने नेतामाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
पार्टी प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय/परामर्श कमिटीको वैशाख १० गते बसेको बैठकले त्यसबारे निर्णय गरेको हो।
‘अनुशासनको आधारमा मातहत कमिटीबाट कारबाहीमा परेका र निर्वाचनमा घोषितरुपमा अर्को पार्टीलाई सघाएका सदस्यहरूको बारेमा आवश्यक निर्णय लिने,’ महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर तल्लो तहमा पठाएको ८ बुँदे निर्देशनमा भनिएको छ।
यस्तै, बैठकले मृत्यु भएका, पार्टी छोडेको घोषणा गरेका र दोहोरो पार्टीमा सदस्यता रेकर्ड भएकाहरूको नाम अध्यावधिक गरी नेकपा (एमाले)को सदस्यताको रेकर्डबाट नाम हटाउने निर्णय गरेको छ।
‘पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवार भई प्रदेश र जिल्ला एवं मातहतका कमिटीको जिम्मेवारीबाट मुक्त भएका कमरेडहरूको नामावली संकलन गरी वैशाख मसान्तभित्र पठाउने,’ सो निर्णयमा भनिएको छ।