पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
फलेवास नगरपालिका-५ पात्ले बस्ने ५५ वर्षीया सीता लामिछानेको चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आफ्नै घरमा खाना पकाउने क्रममा शुक्रबार साँझ चट्याङ लागेर उनी गम्भीर
घाइते भएकी थिइन्।
उनको पर्वत प्रदेश अस्पताल कुश्मामा उपचारको क्रममा मृतयु भएको प्रहरीले जनाएको छ। प्रि-मनसुको बेला चट्याङ पर्ने सम्भावना धेरै हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।