बुटवलमा अतिक्रमण हटाउन प्रशासन सक्रिय, डोजर परिचालन

 संवाददाता    २०८३, १३ बैशाख आईतवार १२:५८     6 जनाले पढ़िसके



Spread the love

उच्च अदालत बुटवलको अतिक्रमित सरकारी जग्गाका संरचना डोजर चलाएर भत्काउन थालिएको छ।

आइतबार बिहान १० बजेदेखि त्यहाँका टहरा तथा पसलमा डोजर चलाइएको हो।

डोजर चल्ने जानकारी पाएपछि स्थानीयले गएरातिदेखि नै त्यहाँबाट सामान सारेका थिए।

बुटवल उपमहानगरपालिकाले अदालतको अनुरोधमा बुटवल–४ जेसिज चोक उत्तरतर्फको अतिक्रमित जग्गाका संरचना भत्काएको हो।

उक्त जग्गामा वर्षौंदेखि घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवन थिए। लामो समयदेखि अतिक्रमणमा परेको उक्त जग्गा संरक्षणका लागि यसअघि पनि प्रयास भएपनि सफल हुन सकेको थिएन।