सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेर तोलाको दुई लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलाको दुई लाख ९१ हजार चारसय रुपैयाँ थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर ४ हजार ८२० रुपैयाँ कायम भएको छ।