आज सुनको मूल्य सामान्य घटेकाे छ । बिहीबारको तुलनामा सुनको मूल्य ५ सयले घटेको हाे । यस्तै, चाँदीकाे मूल्य १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल ५ हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन ३ लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल ५ हजार ७२५ निर्धारण भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९०० र एक तोला चाँदीको मोल ५ हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन ३ लाख १३ हजार ५०० र एक तोला चाँदी ५ हजार ५९५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।