बिहीबार र शुक्रबार लगातार घटेको सुनको मूल्य आज बढेको छ। सुनको मूल्य आज तोलामा २३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज तोलाको तीन लाख पाँचहजार आठसय रुपैयाँ पुगेको छ।
गएको बिहीबार तोलामा एकसय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार तीन हजार रुपैयाँ घटेको थियो।
शुक्रबार सुनको मूल्य तोलाको तीन लाख तीन हजार पाँचसय थियो।
गएको आइतबारदेखि बुधबारसम्म चार दिनमा सुनको मूल्य तोलाको १५ हजार ६ सय रुपैयाँ बढेको थियो।
यही माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य थप घटेको छ।
प्रतितोला १५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको चार हजार नौसय ८५ रुपैयाँमा झरेको छ।
यही माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।