नेप्से परिसूचक ५.५४ अंकले घट्यो

 संवाददाता    २०८२, २८ पुष सोमबार १५:४०     67 जनाले पढ़िसके



Spread the love

सोमबार सेयर बजारको परिसूचक नेप्से ५.५४ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६३५ अंकमा कायम भएको छ ।

परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भयो ।

७५ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै १.१६ प्रतिशत घट्यो ।

विकास बैंक ०.०२, होटल तथा पर्यटन ०.१० प्रतिशत बढे । त्यस्तै बैंकिङ ०.२५, फाइनान्स ०.५३, हाइड्रोपावर ०.११, लगानी ०.४२, जीवन बीमा ०.१८, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.१४, अन्य ०.२९ प्रतिशत घटे ।