दुई दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

 संवाददाता    २०८२, २५ पुष शुक्रबार ११:२७     89 जनाले पढ़िसके



Spread the love

दुई दिन लगातार घटेको सुनको मूल्य आज बढेको छ।

सुनको मूल्य आज प्रतितोला दुई हजार एकसय रुपैयाँ बढेर दुई लाख ६७ हजार आठसय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँ घटेर दुईलाख ६५ हजार सातसय रुपैयाँमा झरेको थियो।

बुधबार सुनको भाउ तोलामा चारसय रुपैयाँ घटेर दुई लाख ६७ हजार सातसय रुपैयाँ कायम भएको थियो।

यही पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ५५ रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको चार हजार सातसय ८० रुपैयाँ कायम भएको छ।

गएको बुधबार चाँदीको भाउ तोलाको चार हजार ९ सय ३५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।