सुनको मूल्य आज पनि घटेको छ। प्रतितोला दुई हजार रुपैयाँ घटेर सुनको मूल्य आज दुईलाख ६५ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुनको भाउ तोलामा चारसय रुपैयाँ घटेर दुई लाख ६७ हजार सातसय रुपैयाँ कायम भएको थियो।
मंगलबार सुनको मूल्य तोलामा तीन हजार एकसय र सोमबार तोलामा चार हजार ६ सय रुपैयाँ बढेको थियो। गएको आइतबार सुनको मूल्य तोलामा दुई हजार एकसय रुपैयाँ घटेको थियो।
गत साताका पाँच दिनमा १३ हजार एकसय रुपैयाँ घटेको सुनको भाउ सोमबार र मंगलबार तोलामा सात हजार सातसय रुपैयाँ बढेको थियो।हिजो र आज लगातार सुनको मूल्य घटेको हो। दुई दिनमा सुनको भाउ २ हजार चारसय रुपैयाँ घटेको छ।
यही पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज चाँदीको मूल्य भने घटेको छ। तोलामा एकसय रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको चार हजार आठसय ३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५५ रुपैयाँ बढेर चाँदीको भाउ आज चार हजार ९ सय ३५ रुपैयाँ पुगेको थियो।
चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।