सेयरबजारमा १०.२९ अंकको गिरावट

 संवाददाता    २०८२, २० पुष आईतवार १५:४६     135 जनाले पढ़िसके



Spread the love

सेयरबजारमा १०.२९ अंकको गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २६१०.६३ विन्दुमा झरेको हो।

यस दिन बजारमा ५ अर्बको किनबेच भएको नेप्सेले जनाएको छ। बजारमा १ करोड कित्ता बिक्रीपछि यो परिमाणको कारोबार भएको हो।

यस दिन ७९ वटा सेयरको मूल्य बढ्दा १७१ वटाको घटेको र ९ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। बढेकामध्ये विन नेपाल लघुवित्त र श्रीनगर एग्रिटेकका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन्।

सान्भी इनर्जीको पनि सेयर मूल्य ९.१६ प्रतिशतले बढेको छ। सागर डिस्टिलरीको सेयर ७.८३ र युनाइटेड आईडीआई मार्दी हाइड्रोपावरको ७.७० प्रतिशतले मूल्य बढेको छ।

आज ४.३२ प्रतिशतसम्मको अधिकतम गिरावट रहेको छ। कारोबारमा आज एसवाई प्यानल अगाडि छ। कम्पनीको ३० करोडको कारोबार भएको हो। यसबाहेक श्रीनगर एग्रिटेक २२ करोड, बन्दीपुर केबलकार २२ करोड, एनआईसी एसिया २१ करोड र सागर डिस्टिलरीको १८ करोडको खरिदबिक्री भएको छ।