आज पनि घट्यो सुनचाँदीको भाउ

 संवाददाता    २०८२, १७ पुष बिहीबार ११:४४     150 जनाले पढ़िसके



Spread the love

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल चार हजार ४७० मा कारोबार भएको थियो ।